बाबर अजामले दिए कप्तानीबाट राजीनामा

पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर अजामले राजीनामा दिएका छन्।

विश्वकप–२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि उनले सामाजिक सञ्जालमार्फत टीमको कप्तानीबाट राजीनामाको घोषणा गरेका हुन्।

बाबरले सबै फर्म्याटको कप्तानबाट राजीनामा दिएको उल्लेख गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आजबाट मैले सबै ढाँचाको क्रिकेटबाट पाकिस्तानी क्रिकेट टिमको कप्तानी छाडेको छु। यो निर्णय निकै कठिन रह्यो, तर यो उपयुक्त समय पनि हो।’

टिम पाकिस्तान सेमिफाइनल प्रवेश गर्न पनि असफल रह्यो।

प्रकाशित मिति: : 2023-11-15 20:31:00

प्रतिकृया दिनुहोस्