दाङमा एक युवकमाथि चक्कु प्रहार भएको छ।
बिहीबार (कात्तिक ३० गते) साँझ पौन १० बजे घोराही उपमहानगरपालिका–१५ का २१ वर्षीय कृतिक रोका मगरमाथि चक्कु प्रहार भएको हो।
चक्कु प्रहारबाट रोकामगरको पछाडि ढाडमा गम्भीर चोट लागेको छ। उनको दाङ र बाँकेमा उपचार हुन नसकेपछि काठमाडौँ लगेर उपचार भइरहेको छ।
चक्कु प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही–९ का २४ वर्षीय शैलेश शाह, घोराही–१८ का २५ वर्षीय मिस्चल बुढामगर र १५ का २५ वर्षीय नवराज श्रेष्ठ रहेका छन्।
उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुशिल थापा मगरले बताए।
उनकाअनुसार रोकामगरमाथि घोराही–१५ स्थित गोरखा हस्पिटल रोडमा चक्कु प्रहार भएको थियो।