एकदिवसीय विश्वकप क्रिकेटकाे उपाधिकाे लागि अस्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गरेकाे आयाेजक भारत दबाबमा परेकाे छ।
अहमदाबादस्थित नरेन्द्र माेदी क्रिकेट स्टेडियममा जारी खेलमा भारतले ३२ ओभरकाे खेल सकिँदा ४ विकेट गुमाएर १६२ रन बनाएकाे छ।
उक्त स्काेर बनाउन अर्धशतक प्रहार गरेका विराट काेहली चाैथाे विकेटकाे रुपमा आउट भएका छन्। उनी ६३ बलमा ५४ रन प्रहार गरेर आउट भए। चार चाैका प्रहार गरेका उनले छक्का प्रहार गर्न सकेनन्।
त्यसअघि ओपनर शुभमन गिल ४ रनमै आउट भएका थिए।
त्यस्तै भारतले कप्तान राेहित शर्मालाई पनि ४७ रनमै गुमायाे। उनले चार चाैका र तीन छक्का प्रहार गरेका थिए।
भारतले श्रेयस लेयरलाई पनि ४ रनमै गुमाएकाे छ। उनी एउटामात्र चाैका प्रहार गरेर आउट भए।
अस्ट्रेलियन खेलाडीकाे कसिलाे बलकाे अगाडि भारतीय ब्याट्स म्यानले लगतार १६ ओभरसम्म कुनै पनि बाउन्ड्री हान्न सकेनन्।
भारतलाई दबाबमा पार्न अस्ट्रेलियाका कप्तान प्याट कम्मिन्सले २ तथा मिचेल स्टार्क र ग्लेन म्याक्स्वेलले १-१ विकेट लिए।
अहिले केएल राहुल र रवीन्द्र जडेजाले भारतकाे खेल सम्हालिरहेका छन्।