हमासले नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक (भिडियाेसहित)

इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले एक नेपाली र एक थाई नागरिकलाई बन्धक बनाएको भन्दै भिडियो सार्वजनिक गरेको छ।

हमासले २ जनालाई घाइते अवस्थामा अस्पताल लैजाँदै गरेको भिडियो आइडिएफले सामाजिक सञ्जालमा ट्वीटरमार्फत सार्वजनिक गरेको हाे। उक्त भिडियो गाजा सहरको अल शिफा स्पतालको हो।

गत अक्टोबर ७ मा गाजा सहरको अल शिफा अस्पतालमा हमासले इजरायलमाथि गरेको घातक आक्रमणका क्रममा अपहरणमा परेका बन्धकहरूलाई बन्धक बनाएको सीसीटीभीकाे भिडियो सार्वजनिक भएकाे हाे।

भिडियोमा इजरायली भूमिबाट अपहरणमा परेका एक नेपाली नागरिक र एक थाई नागरिकलाई हमासले पहरा दिइरहेकाे र अस्पतालका कर्मचारीले उपचार गराइरहेको देखिन्छ।

आइडीएफले आइतबार भनेको छ, 'नयाँ फुटेजले युद्ध सुरु भएदेखि नै अस्पताल परिसरलाई आतंकवादी समूहले हबको रूपमा प्रयोग गर्दै आएको पुष्टि गरेको छ।'

हमासले उक्त दाबीलाई अस्वीकार गर्दै आएको छ र आइडीएफले अस्पतालको प्रमुख आधार वा मुख्यालयको प्रमाण सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: : 2023-11-20 12:03:00

प्रतिकृया दिनुहोस्