फिफा विश्वकपअन्तर्गत एसियाली क्षेत्रको दोस्रो छनोट खेलमा नेपालले यमनसँग खेल्दै छ।
मंगलबार दशरथ रगंशालामा बेलुका ७ बजेदेखि हुने उक्त खेलको अनुमानित बजेट ७३ लाख ६८ हजार चार सय रुपैयाँ रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलनमार्फत जनाएको छ।
त्यस्तै, एन्फाले मगंलबार हुने खेलको लागि सबै तयारी पूरा भएको जनाएको छ।
नेपाल र यमनबीचको खेलको लागि साधारण प्याराफिटतर्फ चार सय रुपैयाँ टिकट तोकेको छ। यसैगरी साधारण प्याराफिटतर्फ चार सय रुपैयाँ टिकट रहेको छ।
एन्फाले बेलुका खेल हुने भएकाले दर्शकलाई बस सुविधाकाे व्यवस्थासमेत गरेको जनाएको छ।
यसअघि दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग उसकै घरेलु मैदानमा ४-० ले पराजित भएको थियो। नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ।
विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ। नेपालको समूहमा यूएई, बहराइन र यमन रहेका छन्। त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो।