नेपाल र यमन भिड्दै, अन्जनलाई कीर्तिमान बनाउने अवसर

File Photo
File Photo

फिफा विश्वकप एसियाली छनोटकाे दोस्रो चरणको खेलमा आज नेपाल यमनसँग भिड्दै छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ।

आजकाे खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्डर अञ्जन विष्टलाई कीर्तिमानी बनाउने मौका रहनेछ।

यसअघि घरेलु मैदानमै भएको विश्वकप छनोटअन्तर्गतको पहिलो चरणको खेलमा लाओसविरुद्ध उनले हरि खड्का र निराजन रायमाझीको नाममा रहेको सर्वाधिक १३ गोल बराबरी गरेका थिए।

तर, आज यमनविरुद्ध अन्जनले एक मात्र गोल गरेमा उनी नेपालका सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन्। उक्त गोलसँगै उनले कीर्तिमान बनाउने छन्।

प्रकाशित मिति: : 2023-11-21 11:34:00

प्रतिकृया दिनुहोस्