भोलि अत्यावश्यक काममा मात्रै गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह

काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्सिर ७ गते भोलि बिहीवार अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ।

विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्वनिर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक गाडी ननिकाल्न नागरिकलाई अनुरोध गरेको हो।

कार्यालयले आज बुधवार एक सूचना निकालेर घरबाट निस्कन परेमा नेपाल प्रहरीको हटलाइन १०० मा र ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर निस्कन आग्रह गरेको छ। यस्तै सडकको अवस्था बझेर यात्रा गर्न पनि सूचनामार्फत ट्राफिक प्रहरीले आग्रह गरेको छ।  

                                                                 
 

प्रकाशित मिति: : 2023-11-22 15:18:00

प्रतिकृया दिनुहोस्