रेडिअन्ट कप भोलिदेखि

रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

प्रतियोगितामा विभिन्न विद्यालयका जम्मा ४८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले जानकारी गराए। सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी हुने छन्। सिनियरलाई ८ समूह तथा बाँकी २ टिमलाई ४ समूहमा विभाजन गरी खेल खेलाइने छ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने रेडिअन्टकी भाइस प्रिन्सिपल शुभद्रा कुँवरले जानकारी गराइन्। सिनियर ब्वाइज र गल्र्समा निम्स तथा जुनियर ब्वाइजमा युनिक डिफेन्डिङ च्याम्पियन हुन्। तीनै टिमको यो संस्करणमा सहभागिता छैन।

पत्रकार सम्मेलनमा रेडिअन्टका इसीए इन्चार्ज दिलिप कार्की र लेभल इन्चार्ज विनोद कार्कीले प्रतियोगिताको विविध पक्ष बारे जानकारी गराए। मंसिर १५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ। पहिलो दिन १० खेल हुने रेडिअन्टका बास्केटबल प्रशिक्षक आशिष महर्जनले बताए।

प्रकाशित मिति: : 2023-11-22 22:34:00

प्रतिकृया दिनुहोस्