चिकित्सा शिक्षा सुधारका अभियन्ता भनिने डा.गाेबिन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहनबहादुर बस्नेतलाई पदमुक्त गराउनुपर्ने बताएका छन्।डा.केसीले मन्त्री बस्नेत ‘माफियाको नाइके’ भएकाे आराेप लगाउँदै उनी पदमा बसिरहनु उचित नभएकाे टिप्पणी गरेका हुन्।
आइतबार जारी विज्ञप्तिमा केसीले भनेका छन्, ‘देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाफ हो। निजलाई तत्काल पदमुक्त गरियोस।’
उनले चिकित्सा आयोगले सन्तोषजनक रुपमा काम गर्न नसकेकाे बताए।