याेगेश भट्टराई सवार गाडी तोडफोड

नेकपा (एमाले) का सचिव योगेश भट्टराई सवार गाडी तोडफोड भएको छ।

ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै भट्टराई सवार प्रदेश-२-०१-००१ च ००४० नम्बरको गाडीमाथि पहिचानवादीहरूले ढुंगामुढा गरेका हुन्।  

दसैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा एमाले ताप्लेजुङ कमिटीले आइतबार  आयोजना गरेको चियापान कार्यक्रममा सहभागिता जनाउनका लागि भट्टराई ताप्लेजुङ पुगेका थिए। 

प्रकाशित मिति: : 2023-11-26 17:42:00

प्रतिकृया दिनुहोस्