क्रिकेटर अविनाश बोहराले गरे 'इन्गेजमेन्ट’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाश बोहराले 'इन्गेजमेन्ट’ गरेका छन्।

बोहराले सोमबार प्रेमिका प्रतिज्ञा खनालसँग 'इन्गेजमेन्ट’ गरेका हुन्। प्रतिज्ञा अस्ट्रेलियामा बस्छिन्।

बोहरा घरेलु क्रिकेटमा विभागीय क्लब एपीएफको टोलीबाट खेल्दै आइरहेका छन्।

उनले सन् २०१९ मा टी-२० आईमा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए भने सन् २०२० मा उनले एकदिवसीय अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यू गरेका थिए। अविनाशले दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन्। 

प्रकाशित मिति: : 2023-11-27 16:58:00

प्रतिकृया दिनुहोस्