सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाललाई नियुक्त गरेको छ।
उनी कांग्रेस नेत्री पुष्पा भुसालका पति तथा पार्टीको कोटाबाट सबैभन्दा बढी अवसर प्राप्ग गर्ने पात्र हुन्।
भुसालललाई आगामी चार वर्षको लागि ‘नेत्री भुसाल, सांसद रामहरि खतिवडा र अर्थमन्त्री प्रकाशसरण महत’को जोडबलमा नियुक्त गरिएको अधिकारीहरूले जनाएका छन्।
यसअघि काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला थिए। उनको कार्यकाल गत कात्तिक १८ गतेदेखि पूरा भएपछि अध्यक्ष पद रिक्त भएको थियो।