चिकित्सा शिक्षा क्षेत्र सुधारकाे माग राखेर अनशन बसिरहेका डा.गाेबिन्द केसीविरुद्ध नाराबाजी भएकाे छ
डा.केसीविरुद्ध शनिबार धनगढीमा चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले नाराबाजी गरेकाे हुन्।केसीले गेटा मेडिकल कलेज बनाउने प्रदेशबासीकाे सपनाविपरीत अशनका बसेकाेले विराेध गरिएकाे समितिले जनाएकाे छ।
डा.केसी शुक्रबार साँझदेखि धनगढीकै लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका छन्। उनी सरकारले विगतमा गरेका सहमती कार्यन्वयन नगरेकाे भन्दै अनशन बसेका छन्। याे उनकाे २१औँ अनशन हाे।
उनी चिकित्सा शिक्षा सुधारकाे माग राखेरका पहिलाेपटक २०६९ सालमा अनशन बसेका थिए। त्यसयता उनी र सरकारबीच धेरैपटक सहमती भएकाे छ। यद्यपि, उनका मागहरु सरकारले पूरा गरेकाे छैन।
उनका २०८५भित्र नेपालका मेडिकल शिक्षण संस्थालाई गैरनाफामूलक संस्था बनाउनुपर्ने, दरबन्दीभन्दा बढी बेड भएका अस्पतालमा दरबन्दी बढाउनुपर्नेलगायत मागहरु रहेका छन्।
यसैगरी उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुनेगरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउनुपर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खाेल्नुपर्ने, जनसंख्या र भौगोलिक अवस्थाअनुसार यसअगाडि सम्झौता भएबमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग अगाडि सारेका छन्।
यद्यपि, डा.केसीविरुद्ध केही आवाजहरु उठ्न थालेका छन्। उनकाे कारण देशका धेरै युवाहरु मेडिकल शिक्षा अध्ययनकाे लागि विदेशिन बाध्य हुनु परेकाे आराेप उनीमाथि लाग्न थालेकाे छ।