सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बाराको निजगढ नगरपालिकास्थित भमरामा आज दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा९७प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

बा९७प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती– ३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी– २ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति: : 2023-12-20 21:58:00

प्रतिकृया दिनुहोस्