प्रधानमन्त्री कप टी-२० क्रिकेट आजदेखि, आज कुन-कुन टाेली भिड्दै छन्

प्रधानमन्त्री कप महिला टी- २० क्रिकेट प्रतियाेगिता आज (बिहीबार)देखि काठमाडाैँमा सुरु हुँदैछ।

पुस १४ गतेसम्म चल्ने प्रतियोगितामा विभागीय टोली एपिएफसहित आठ टोली सहभागी छन्। आज पहिलाे दिन ४ खेल हुँदैछन्।

बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल हुँदैछ, जसमा बागमती र मधेस प्रदेश प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै साेही समयमा मूलपानी क्रिकेट मैदानमा एपिएफ र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तैगरी दिउँसाे १ बजे त्रिवि क्रिकेट मैदानमा गण्डकी र लुम्बिनीबीच प्रतिस्पर्धा गर्दैछन्। भने, साेही समयमा मूलपानी क्रिकेट मैदानमा कर्णाली र काेशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।

 

प्रकाशित मिति: : 2023-12-21 08:20:00

प्रतिकृया दिनुहोस्