जुम्लामा कपडा बैंक खोलिएको छ। एक पल्ट लगाइएका पुराना कपडाहरु संकलन गर्ने गरि कपडा बैंक स्थापना गरिएको हो।
घरमा लगाएका पुराना संचित रहेका कपडाहरु अन्य कपडा विहिन मानिसहरुको उदार तथा सयोगको लागि कपडा बैंक स्थापना गरिएको व्यवस्थापक ऋषिराम पाण्डेले बताए।
'हामीले लगाएर पुराना भएका कपडाले कसैको आङ ढाक्नलाई ठूलो सहयोग पुग्न सक्छ,' पाण्डेले भने, 'त्यसैले कपडा बैंक सुरुवात गरिएको हो।'
उनका अनुसार कपडा बैंकमा व्यक्तिहरुले पुराना कपडा राख्ने र आवश्यक परेकाले नि:शुल्क लिन सक्ने गरि व्यवस्था मिलाइएको छ।
कपडा बैंक जुम्लाको चन्दननाथ अर्गानिक मिनि मार्केट अगाडि रहेको छ।