अंग्रेजी नयाँ वर्ष मनाएर फर्किने बेला कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु, एक जना गम्भीर घाइते भएका छन्।

अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाे बेला आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ। उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन।

घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएकाे छ।

प्रकाशित मिति: : 2024-01-01 08:12:00

प्रतिकृया दिनुहोस्