आइसीसी यू- १९ विश्वकप अन्तर्गत पाकिस्तान र नेपालबीचको जारी खेलमा पाकिस्तानविरूद्ध नेपालले सय रन पूरा गरेको छ।
बुधबार दक्षिण अफ्रिकाको इष्ट लन्ड बुफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३०.१ ओभरमा सय रन पूरा गरेको हो। जारी खेलमा नेपालले पाँच विकेट गुमाएको छ। नेपालका ओपनर अर्जुन कुमाल ६ बलमा १२ रन बनाउँदै आउट भएका थिए। उनी चौथौ ओभरको दोस्रो बलमा पाकिस्तानका अहम्मद हुसेनको बलबाट आउट भएका थिए।
त्यस्तै, नेपालले दोस्रो विकेटको रुपमा आकाश त्रिपाठीलाई गुमायो। उनी १० बलमा ६ रन बनाएर पेभिलियन फर्किए। नेपालका कप्तान देव खनाल १७ १ ओभरमा २३ रन बनाएर पेभलियिन फर्किए। त्यस्तै, नेपालले चौथो विकेटको रुपमा उतम मगरलाई गुमाएको थियो। उनी १५ बलमा ४ रन बनाएर आउट भए। त्यस्तै, नेपालका अर्का ओपनर बिपीन रावल ६८ बलमा ३९ रन बनाएर पेभिलियन फर्किए।
क्रिजमा अहिले गुलशन झा २९ बलमा ७ रन बनाएर खेलीरहेका छन् भने दिपक डुम्रे ११ बलमा १ रन बनाएर खेलीरहेका छन्।
यसअघि नेपाल न्यूजिलान्डसँग ६४ रनले पराजित भएको थियो भने पाकिस्तानले अफगास्तिानलाई १८१ रनले पराजित गरेको थियो।