अनलाइनमार्फत सट्टेबाजी गराउने ३ भारतीय नागरिक पक्राउ, एक करोड बरामद

File Photo
File Photo

प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट रु एक करोड बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

उनले भने, ‘क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट रु एक करोड एक लाख २६ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको छ।’ उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिए।

प्रकाशित मिति: : 2024-02-02 16:41:00

प्रतिकृया दिनुहोस्