विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार बन्याे: पदम गिरी

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले महिनौँ भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताएका हुन्।

दलालमाफत् रुसी सेनामा नागरिक भर्ती भइरहँदा पनि सरकारले रोक्न नसकेको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2024-02-07 13:10:00

प्रतिकृया दिनुहोस्