कीर्तिपुर स्वयंसेवक समाजद्वारा ‘आइडिया शेयरिङ’

कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुरमा युवा स्वयंसेवा किन चाहिन्छ भन्ने विषयम ‘आइडिया शेयरिङ’ कार्यक्रम सम्पन्न गरेको छ। समाजले बुधबार कीर्तिपुरस्थित होटल हिलसाइडमा ‘आइडिया शेयरिङ्ग’ कार्यक्रम सम्पन्न गरेको हो।

विज्ञहरुको विचार सुनेर अन्तरक्रिया गर्ने डबलीको रुपमा रहेको ‘आइडिया शेयरिङ्ग’ को नयाँ शृङ्खलालाई निरन्तरता दिने क्रममा स्वयंसेवक समाजका परिकल्पनाकार तथा सल्लाहकार तथा मानव संसाधन विज्ञ आकर्षण प्रधानबाट कीर्तिपुरमा युवा स्वयंसेवा किन चाहिन्छ शिर्षकमा कार्यक्रम आयोजना भएको हो।

प्रधानले उक्त अवसरमा कीर्तिपुरका समस्याहरु केलाउँदै अघि बढ्न सहकार्य कसरी गर्न सकिन्छ भनेर प्रस्तुतिकरण दिएका थिए।

कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमितिका सदस्य इ. सरु मानन्धरले संचालन गरेकि थिइन भने सरल गोपाल महर्जनले धन्यवाद ज्ञापन तथा कार्यक्रमको समापन गरेका थिए।युवाहरुमा भएको ज्ञान सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न वि.सं २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन आदि क्षेत्रहरुमा निरन्तर काम गर्दै आइरहेको छ।

प्रकाशित मिति: : 2024-02-09 22:42:00

प्रतिकृया दिनुहोस्