क्यानडाविरुद्ध आकाश चन्दले लिए दाेस्राे विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धकाे एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजकाे खेलमा नेपालले दाेस्राे विकेट लिएकाे छ।

आकाश चन्दले श्रीमंथा विजयायरत्नेलाई आउट गरेका छन्। उनी २२ रन बनाएर खेलिरहेका थिए।

उनी चन्दकाे बलमा कप्तान राेहितकुमार पाैडेलबाट क्याच आउट हुन पुगे।

त्यसअघि हेमन्त धामीले पहिलाे विकेट लिएका थिए। धामीले क्यानडाका ओपनर आराेन जाेनसनलाई आउट गरेका थिए।

४ रन बनाएर खेलिरहेका आराेन धामीकाे बलमा देव खनालकाे हातबाट क्याच आउट हुन पुगे।

उनले नेपालविरुद्धकाे अघिल्लाे खेलमा अर्धशतक प्रहार गरेका थिए।

#अपडेटेट न्यूज

प्रकाशित मिति: : 2024-02-12 10:33:00

प्रतिकृया दिनुहोस्