न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। 

न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब ४:३० बजे गोली चलेको थियो।

गोली लागेर घाइते भएका  चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।  

घटना बारे अनुसन्धान जारी छ।

 

प्रकाशित मिति: : 2024-02-13 11:34:00

प्रतिकृया दिनुहोस्