हात भाँचिएर घाइते भएकी बालिकालाई उपाध्यक्ष बुढाले प्रयोग गर्ने गाडीमा काठमाडौँ पुर्‍याइयो

बिएल संवाददाता

रुकुम पूर्व 

खेल्दा लडेर हात भाँचिएपछि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका– १ मैकोटकी १२ वर्षीया पुपेस पुनको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको गाडीबाट उद्धार गरिएको छ। 

पुपेसको बिहीबार साँझ करिब ६ बजे लडेर बाया हात भाँचिएको थियो। उनको जिल्लामा उपचार सम्भव नभएपछि उपाध्यक्ष बुढा मगरको गाडीमा काठमाडौँ लगिएको हाे। 

उनलाई शुक्रबार बिहान ३ बजेतिर काठमाडौँ लगिएको थियाे।

प्रकाशित मिति: : 2024-02-16 18:03:00

प्रतिकृया दिनुहोस्