दार्चुलको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एकजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय जगतसिंह धामी रहेका छन्।
सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो।