भारतको हरियाणाकाे गुडगाउँबाट एक नेपाली युवा सम्पर्कविहीन भएका छन्।
झिमरूक गाउँपालिका–१ सौतामारे प्युठानका ३१ वर्षीय राजु जिसी गुडगाउँको दादरीबाट बेपत्ता भएका हुन्।
राजु बाबु छविलालसँगै रोजगारीको लागि भारत पुगेका थिए। राजुलाई डिप्रेशनको लक्षणसमेत देखिएको थियो।
बाबु र छोराले काम गर्ने ठाउँ १० मिनेटको दुरीमा थियो। रातको समयमा कसैलाई जानकारी नदिइ राजु काम गर्ने ठाउँ छोडेर हिँडेका थिए।
बेपत्ता छोराको खोजी गदिदिन बुवा छविलालले भारतको नेपाली समुदायलाई आग्रह गरेका छन्।