मधेशका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत

फाइल तस्बिर
फाइल तस्बिर

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक पटक सदनबाट विश्वासको मत लिएका छन्।

आजको प्रदेशसभा बैठकमा उनले ६९ जनाबाट विश्वासको मत पाएका हुन्। ३५ जना सांसदले भने उनको विपक्षमा मतदान गरे।

जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। यसअघि एमाले सरकारबाट बाहिरिएपछि गत जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले तेस्राे पटक विश्वासको मत लिएका हुन्।

प्रकाशित मिति: : 2024-02-18 18:26:00

प्रतिकृया दिनुहोस्