नामिवियाविरुद्ध नेपालले गुमायाे तेस्राे विकेट, अनिल र देव शून्य रनमा आउट

आइसिसी लिग- २ अन्तर्गत नामिवियाविरुद्धकाे खेलमा नेपालले तेस्राे विकेट गुमाएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८ ओभरकाे खेल सकिँदा नेपालले तीन विकेट गुमाएकाे हाे।

नेपालका ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए।

कुशल आउट भएलगत्तै आएका अनिस साह २ बलमै शून्य रनमा आउट भए। भने, त्यसपछि आएका देव  खनाल पनि शून्य रनमा आउट भए।

नामिवियाका बाेनार्ड स्काेल्टज्ले एकै ओभरमा कुशल र अनिललाइ आउट गरेका हुन्।

नेपाल अहिले ४३ रन बनाएर खेलिरहेकाे छ।

प्रकाशित मिति: : 2024-02-21 10:01:00

प्रतिकृया दिनुहोस्