प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायत विपक्षी दलले संसद बैठक अवरूद्ध गरेकाे छ।
प्रतिनिधिसभाको साेमबारको बैठकमा प्रतिपक्षीकाे अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बैठकमा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदहरूले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्।
सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गरेका थिए। सभामुखको आग्रहका बाबजुद सांसदहरु आसनबाट उभिएर नाराबाजी गरेपछि उनले बैठक स्थगित गरेका हुन्।