राष्ट्रसंघकाे मानवअधिकार र सामाजिक तथा आर्थिक परिषद्मा नेपालले उम्मेदवारी दिने

संयक्त राष्ट्रसंघकाे मानवअधिकार, सामाजिक तथा आर्थिक परिषद्मा नेपालले उम्मेदवारी दिने भएकाे छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मानवअधिकारकाे सन् २०२७ देखि २०२९ र  सामाजिक तथा आर्थिक परिषद्काे २०२९ देखि २०३१ सम्मकाे अवधिकाे लागि सदस्य पदमा नेपालकाे उम्मेदवारी पेश गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेकाे हाे।

यसैगरी अर्थमन्त्री वर्षमान पुन नेतृत्वको  प्रतिनिधिमण्डलाई आगामी वैशाख २० देखि २३ गतेसम्म जर्जियाको तिबिलिसीमा हुने एसियाली विकास बैंकको ५७ ‍औँ वार्षिक बैठकमा सहभागी हुन स्वीकृति दिने निर्णय गरेकाे छ।

यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णयहरू

प्रकाशित मिति: : 2024-03-12 17:13:00

प्रतिकृया दिनुहोस्