नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले पूर्वीय दर्शनलाई विश्वव्यापि बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित ‘विश्वमा शान्ति प्रयास र धर्मयुद्ध’ विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा. लामिछानेले भने, ‘पूर्वीय दर्शन र साहित्यले पश्चिमा जगत्लाई आकर्षित गर्दै गइरहेका छन्। यो हाम्रा लागि खुसीको विषय हो। जुनरुपमा हामीले पूर्वीय दर्शनलाई विश्वव्यापि बनाउनु पर्दथ्यो। हामीले सकेका छैनौं। अब यसतर्फ सबैको ध्यान केन्द्रीत हुनु आवश्यक छ।’
नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत भाषा, साहित्य र बाङ्मयको विकासका लागि भूमिका खेल्दै आएको भन्दै प्रा.डा. लामिछानेले विश्वमै पूर्वीय दर्शन अध्ययनको केन्द्रका रुपमा विश्वविद्यालयलाई परिचित बनाउनतर्फ लागिपरेको बताए।
यस्तै कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाले संस्कृत संस्कृत भाषा, साहित्य र बाङ्मयलाई अन्तर्राष्ट्रि«य जगत्सम्म पु¥याउन राज्यले विशेष नीति ल्याउनुपर्ने बताए। पूर्वीय दर्शनका अध्ययताको ध्यान केन्द्रीत गर्न र नेपाललाई पूर्वीय दर्शन अध्ययनको केन्द्रका रुपमा स्थापित गर्न नसक्दासम्म पूर्वीय दर्शनको अध्ययन अपूर्ण हुने उनको भनाइ छ।
क्यानडास्थित राजकीय सैनिक विश्वविद्यालयका प्राध्यापक डा. वाल्टरले नेपालबाट विश्वले सिक्नुपर्ने बताए। शान्ति कायम गर्न सक्षम मुलुक भनेर नेपालले विश्वमै आफ्नो परिचय स्थापित गरेको भन्दै उनले सबै धर्मका बिचमा समन्वय कायम गर्नु नेपालको सबैभन्दा ठूलो सफलता रहेको औंल्याए।
हिन्दू धर्मीक ग्रन्थमा धर्मराज्य स्थापना गर्नका लागि युद्ध हुने गरेको चर्चा गर्दै वाल्टरले यस्ता युद्धमा अनुशासित र मर्यादित हुने गरेकाले यसबाट वर्तमान विश्वले पाठ सिक्नुपर्ने बताए।