प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, सुन प्रकरणबारे छलफल गरिने

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीकाे सचिवालयतले जनाएको छ।

सचिवालयतका अनुसार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगकाे प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाइएको हाे। 

जाँचबुझ आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएकाे थियाे। उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थिए।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले सुन तस्करीसम्बन्धी आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिए थिए।

प्रकाशित मिति: : 2024-03-15 13:36:00

प्रतिकृया दिनुहोस्