संसद्मा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर (लाइभ)

प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आज बिहान ११ बजेका लागि बोलाइएकाे बैठक करिब डेढ घण्टा ढिलो गरेर सुरु भएको हो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

आजै अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गर्नेछन्।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरिनेछ कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2024-03-19 12:35:00

प्रतिकृया दिनुहोस्