प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता नगर्ने बताएका छन्।
प्रतिनिधिसभा सांसदहरुले उठाएका प्रश्नहरूको मंगलबारकाे बैठकमा जवाफ दिँदै उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन्।
विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया अघि बढिरहेको अवगत गराउँदै उनले दोषी नछुटुन् र निर्दाेष नपरून् भन्ने धेयसाथ सरकारले काम गरिरहेको बताए।