ताप्लेजुङको मेरिङदेनमा आगलागी, दुई घर जले

फाइल तस्विर
फाइल तस्विर

ताप्लेजुङमा आगालागी हुँदा दुई वटा घर जलेका छन्।

मङ्गलबार मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु. १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन्। घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन्। जिल्लाका केही वनमा पनि आगो सल्केको छ।

बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2024-03-20 06:52:00

प्रतिकृया दिनुहोस्