कोशीटप्पुमा भाले गैँडा छाडियो

चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको भाले गैँडालाई आज कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ।

सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहको उपस्थितिमा चितवनबाट ल्याइएको मेघौली नामको भाले गैँडा छाडिएको हो।

यहाँ यसअघि दुईवटा पोथी गैँडा छाडिएको थियोे। गतअसोज १० गते चितवनबाटै पुष्पा र अञ्जली नामका दुई पोथी गैँडा ल्याएको थियो।

प्रकाशित मिति: : 2024-03-23 21:54:00

प्रतिकृया दिनुहोस्