रसुवा जिल्लाको केरुङ नाका हुँदै भन्सार छलीको सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएका २६ वर्षीय सुदिप बिक र गोरखा घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अन्सुअर भन्सार छली सुनको तस्करी गरी काठमाडौँ प्रवेशको गोप्य सूचनाको आधारमा खटिएको विशेष अनुसन्धान टोलीले सोमबार साँझ काठमाडौँको नरदेवीबाट दुवैलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट बजार मुल्य अनुसार १३ लाख ९१ हजार १६० रुपैयाँ बराबरको अन्दाजी १२८.७ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।