उत्तरपुस्तिका हराएकाे विषयमा अखिल छैठाैँ- विद्यार्थीकाे जीवनसँग खेलबाड नगराैँ

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय जनमाेर्चानिकट विद्यार्थी संगठन अखिल छैठाैँले परीक्षा नियन्त्रणकाे कार्यालय बल्खुबाट उत्तरपुस्तिका हराएकाेप्रति गम्भीर ध्यानाकर्षण भएकाे बताएकाे छ।

छैठाैँले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीकाे जीवनसँग खेलवाड नगर्न भन्दै परीक्षा नियन्त्रणकाे कार्यालयलाई सचेत गराएकाे हाे।

‘हामीले टियु र पनिकालाई आफ्नो कार्यालयमा तुरुन्त सुधार गरी व्यवस्थित गर्न र विद्यार्थीको जीवनसँग खेलबाड नगर्न हार्दिक अनुरोध गर्दछौँ’, अध्यक्ष देबेन्द्र कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ।

छैठाैँले त्रिवि र परीक्षा नियन्त्रणमा विगतमा पनि यस्ता घटनाहरु हुने गरेकाे भन्दै यस्ता गम्भीर विषयमा सचेत हुन अनुराेध गरेकाे छ।

प्रेसवक्तव्य

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम वर्षको जनसंख्या विषयको उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा लिन लागेको भन्ने खबरप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।

२०८० वैशाख महिनामा सञ्चालित बिए प्रथम वर्षको परीक्षा अन्तर्गत 'पीओपी- ४२२' विषयको उत्तर पुस्तिका पनिकाले हराएपछि चितवनको रत्ननगर शहीद स्मृति बहुमुखी क्याम्पस र देउखुरी बहुमुखी क्याम्पस दाङ्गले चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरेका छन्।

परीक्षा नियन्त्रण कार्यालय बल्खु अत्यन्तै अव्यवस्थित, भद्रगोल र विद्यार्थीलाई दु:ख दिने कार्यालयको रुपमा स्थापित हुँदै गएको छ। र, त्यहाँ यस प्रकारका गम्भीर घटनाहरु बारम्बार दोहोरिने गरेका छन्। हामीले टियु र पनिकालाई आफ्नो कार्यालयमा तुरुन्त सुधार गरी व्यवस्थित गर्न र विद्यार्थीको जीवनसँग खेलबाड नगर्न हार्दिक अनुरोध गर्दछौं।

देवेन्द्र कुँवर
अध्यक्ष

प्रकाशित मिति: : 2024-03-29 17:19:00

प्रतिकृया दिनुहोस्