दुर्घटनामा परेको बस सडकमै ठडियो (भिडियाे)

पोखरामा बस दुर्घटना हुँदा २ जना घाइते भएका छन्। पोखराको लेखनाथ अर्चले भन्ने ठाउँमा शनिबार बिहान ग १ ख ८६८० नम्बरको बस दुर्घटना भएको हो। 

दुर्घटनामा परी बस चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए।  

उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ। बसमा अन्य यात्रु थिएनन्। 

बस कसरी दुर्घटना भयाे भन्ने खुलेकाे छैन। तर दुर्घटनामा परेकाे बस सडकमै ठाडै बनेको छ। 

अहिले बस दुर्घटना भएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

भिडियो–

 

प्रकाशित मिति: : 2024-03-30 12:04:00

प्रतिकृया दिनुहोस्