फ्रेन्डसिप कपको पहिलो खेल नेपालले गुजरातसँग खेल्दै

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपको पहिलो खेल आज खेल्दैछ।

आज नेपालले गुजरात क्रिकेट एसोसियसनसँग खेल्दैछ। टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समयअनुसार २:४५ बजेदेखि सुरु हुँदैछ।

भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दैछ। मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुनेछ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।

भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जाँदैछ। 

प्रकाशित मिति: : 2024-03-31 10:38:00

प्रतिकृया दिनुहोस्