पोखराको भदौरेमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
आइतबार पोखराबाट भदौरे जाँदै गरेको ग१ज ४५४७ नम्बरको जीप सल्लाघारीमा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार जीप सडकबाट २ सय ५० मिटर तल खसेकाे छ।
नौ जनाको उद्धार गरी अस्पताल पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाे प्रहरीले भनाइ छ। अन्त्यको खोजी भइरहेको छ।