नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुँदै

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज (शुक्रबार) हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो खेल बिहान ९:३० बजेदेखि सुरु हुनेछ।

नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ। तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो।

यो जितपछि आयरल्याण्ड वोल्भ्स सिरिजमा १-० ले अगाडि रहेको छ। त्यस्तै अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ।

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन्। 

प्रकाशित मिति: : 2024-04-05 06:26:00

प्रतिकृया दिनुहोस्