गृहमन्त्री लामिछानेलाई प्रदीपकाे प्रश्न- निर्दाेष भए छानबिनका लागि किन तयार नभएको?

फाइल तस्विर
फाइल तस्विर

नेपाली काँग्रेसका सांसद प्रदीप पौडलेले ‘गृहमन्त्री रवि लामिछाने निर्दोष छन भने किन छानबिनका लागि तयार छैनन्?’ भन्ने प्रश्न गरेका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले काँग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहटेको स्पष्ट गर्दै ‘निर्दोष छु भन्नेहरू नै छानबिनका लागि तयार किन नभएको?’ भन्दै प्रश्न गरेका हुन्।

‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष साबित हुनु राम्रो हुन्छ। दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो। हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन,’ पाैडेलले भने।

नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने उनकाे भनाइ छ।

गृहमन्त्री लामिछानले राजीनामा नदिए संसद चल्न नदिने काँग्रेसकाे अडानपछि सभामुखले छलफल गर्न बाेलाए चार दलका शीर्ष नेता

काँग्रेस सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको अडानमा कायम

प्रकाशित मिति: : 2024-04-08 13:06:00

प्रतिकृया दिनुहोस्