विराटनगरमा दुई समूहबीच झडप, प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर

मोरङको विराटनगरस्थित रानीमा दुई समूहबीच झडप भएकाे छ। 

बुधबार एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।

झडपका क्रममा दुवै पक्षबीच ढुंगा हानाहान भएको छ। सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायर गरेको छ।

अहिले रानीमा क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ भने अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-04-17 17:42:00

प्रतिकृया दिनुहोस्