इलाम-२ अपडेट: सुहाङ फराकिलाे मतान्तरले अगाडि, डम्बरलाई पछ्याउँदै डकेन्द्र

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन्।

हालसम्मको मत गणनाअनुसार नेम्बाङले ११ हजार ६ सय १९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ७ हजार ६ सय ५९ मतसहित दोस्रो स्थानमा छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ७ हजार ४ सय ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार ५ सय ९६ पाँच मत प्राप्त गरेका छन्।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

 
प्रकाशित मिति: : 2024-04-29 11:59:00

प्रतिकृया दिनुहोस्