यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ।

आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ।

राति  सुदूरपश्चिम, कर्णाली र  गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

प्रकाशित मिति: : 2024-05-03 07:17:00

प्रतिकृया दिनुहोस्