डिभीको नतिजा आउँदै

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदैछ। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो।

दूताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ।

दूताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एकमात्र तरिका भएको जानकारी दिएको छ।

प्रकाशित मिति: : 2024-05-04 18:47:00

प्रतिकृया दिनुहोस्