काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला

Symbolic photo
Symbolic photo

काठमाडौँको महाराजगञ्जस्थित शंखपार्कमा एक पुरुषको शव भेटिएकाे छ।

साेमबार बिहान शंखपार्कमा करिब ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले बताएकाे छ।

प्रहरीका अनुसार शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएकाे छ।

उक्त घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको छ।

प्रकाशित मिति: : 2024-05-06 11:24:00

प्रतिकृया दिनुहोस्