सरकारले गरिब घर-परिवार पहिचान गर्ने

सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ।

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने बताएका हुन्।

‘पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो, ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ’, उनले भने। 

प्रकाशित मिति: : 2024-05-14 15:59:00

प्रतिकृया दिनुहोस्