संसदमा कांग्रेसकाे नाराबाजी, बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेका छन्।

आफ्नो पुरानै माग उठाएर कांग्रेस सांसदहरूले नाराबाजीपछि आजको बैठक स्थगित भएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ। सोही माग दोहोर्याएर कांग्रेसका सांसदहरू संसदको वेल घेराउ गरेका थिए।

गृहमन्त्रीले राजीनामा दिनुपर्ने, सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै उनीहरूले नाराबाजी थिए। कांग्रेसले अवरोध कायमै राखेपछि बैठक स्थगित भएकाे हाे।

प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते शुक्रबार बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति: : 2024-05-16 18:09:00

प्रतिकृया दिनुहोस्